अमेरिकाले दिएको खोप काठमाडाैँमा, राजदूत बेरीले मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरे
२८ असार, काठमाडाैँ । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत दिएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । उक्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी सरकारले गरेको छ । अमेरिकाले उपलब्ध गराएको खोप एक डोज मात्र लगाए पुग्ने विज्ञहरूले बताएका छन ।

प्रकाशित मिति : July 12, 2021 at 10:46 am





