१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

आफ्नै घर अगाडि अर्धनग्न अवस्थामा मृत भेटिइन झापाकी सिर्जना बस्नेत

२८ असार, झापा । झापामा एक युवती आफ्नै घर अगाडि अर्धनग्न अवस्थामा मृत भेटिएकी छिन । जिल्लाको बिर्तामोड नगरपालिकाको सुगम पेट्रोल पम्प छेउको घरमा आज बिहान उनी  अर्धनग्न अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

मृत भेटिएकी युवती २६ वर्षीया सिर्जना बस्नेत रहेको प्रहरीले जनाएको छ । सर्जना सानिमाको घरमा परिवारसहित बस्दै अाएको प्रहरीले जनाएको छ । अर्धनग्न अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार ०९:५८