२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

एमाले स्थायी कमिटी ४ बजे बालुवाटारमा, बैठकमा जान माधव नेपालले रहर गरेनन्

२७ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएकाे छ । अहिले अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे ।  नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कार्यदल बैठक चलिरहेकै समयमा स्थायी कमिटी बोलाइएको हो । माधव नेपालले सर्वोच्चको फैसला अघि एमालेको कुनै पनि बैठकमा सहभागी हुन नसक्ने अडान लिएपछि पुरानो नभएर नयाँ स्थायी कमिटीको बैठक बोलाइएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : July 11, 2021 at 3:26 pm