२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सरकारका लागि जनताको जीवननै सबथोक होः प्रधानमन्त्री ओली

२७ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोपका लागि कोही पनि तडपिन नपर्ने बताउनुभएको छ । कोभिड १९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उहाँले नेपालीलाई अब खोपको अभाव नहुने बताउनुभयो ।

जनताको जीवननै सबथोक रहेको कुरालाई मनन गर्दै सरकारले काम गरेकाले स्रोत र साधनमा अन्य देशभन्दा पछाडि रहेको हाम्रो देशमा कोभिड नियन्त्रण हुन सकिरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

वीरको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने योजना रहेको अस्पतालका प्रशासकिय अधिकारी प्राडा।जागेश्वर गौतमले सुनाउनुभयो । उहाँले आइसियु, एचडियु र जनरल गरि ५०० बेड थपि सेवा विस्तारको तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँले हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको बताउनुभयो ।

प्रकाशित मिति : July 11, 2021 at 9:35 am