२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

प्रतिलिपि अधिकार सम्बन्धी कानुन स्पष्ट नहुँदा धरै अन्यौलता भयाे

२५ असार, काठमाडाैँ । प्रतिलिपि अधिकार सम्बन्धी कानुन स्पष्ट नहुँदा धरै अन्यौलाता हुने गरेको भन्दै कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने सरोकारवालाले बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रतिलिपि अधिकार(पहिलो संशोधन) विधेयक, २०७६’ को सम्बन्धमा गरिएको छलफलमा भाग लिदैँ सरोकारवालाले प्रतिलिपि अधिकारको सम्बन्धमा विद्यमान कानुनी भाषामा अस्पष्टता हुँदा विवादित विषयको समाधान गर्न गाह्रो पर्ने गरेकाले आगामी दिनमा कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने बताएका हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य हेमनाथ पौडेलले लोक साहित्यलाई कपि गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय स्ववौद्धिक चोरीको विकृति बढेको कारण ऐनमा स्ववौद्धिक चोरीलाई नियन्त्रण गर्ने व्यवस्था हुनपर्ने बताउनुभयो । संगितकार संघ नेपालका पूर्व अध्यक्ष तथा संरक्षक लक्ष्मण शेषले संगितको क्षेत्रमा १५ सेकेण्डसम्म हुबहु नोटेशन मिलेकोलाई कपि मानिने स्पष्ट रुपमा लेखिनुपर्ने बताउनुभयो । १५ सेकेण्डसम्म नोटेशन मिल्ने संयोग लाखौँमा पनि हुन नसकिने अनुसन्धानले पुष्टि उहाँले गरेको बताउनुभयो ।

प्रकाशित मिति : July 9, 2021 at 7:15 pm