१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरूद्धको भ्याक्सिन पठाउँदै

२५ असार, काठमाडाैँ । अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरूद्धको खोप पठाउने भएको छ। बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउन लागेको समाचार प्रकाशन गरेको छ।

रोयटर्सले उद्धृत गरेका ती अधिकारीले वैज्ञानिक, कानुनी र नियामक निकायका अधिकारीले नेपाल र भुटानमा सुरक्षित र प्रभावकारी खोप पठाउने सुनिश्चितता गर्न काम गरेको उल्लेख गरेका छन्। एक महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १८:३२