२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

काेराेना अपडेटः २२३९ संक्रमित थपिए, १३१६ संक्रमणमुक्त, २० जनाको मृत्यु

२५ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६६५७ जनाको पीसीआर परीक्षण गर्दा १४७९ र ४६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जना गरी जम्मा २२३९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । याेसँगै हालसम्म काेराेना संक्रमणबाट ९३४० जनाकाे मृत्यु भएकाे छ । यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : July 9, 2021 at 4:39 pm