महिला मन्त्रालयको गाडीभित्र त्रिपक्षीय सहमतिमै याैन सम्पर्क
२५ असार, काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै यौन सम्पर्क गर्दागर्दै निवस्त्र भेटिएका तीनै जनाले आफूहरूले सहमतिमा सबै काम गरेको बताएका छन ।
उनीहरूको विषयमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारीका अनुसार महिलाले अन्य दुइ पुरूषसँग सहमतिमै यौन सम्पर्क गरेको बताएकी छिन । प्रहरीले बुधबार राति मन्त्रालयको प्रदेश ३(०१(००२ झ ५०५२ नम्बरको गाडीबाट एक महिला र दुई पुरुषलाई निर्वस्त्र रूपमा पक्राउ गरेको थियो ।
प्रहरीलाई उनीहरूले दिएको वयान अुनसार सल्लाघारीबाट लिफ्ट मागेर चढेकी युवतीसँग सहमतिमै सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जंगलमा पुगेको बताएका छन । यद्यपी महिलाले वयान फेरिरहेकी छिन । प्रहरी निरीक्षक विष्णुहरि फूयाँलका अनुसार उनीहरुबीचको त्रिपक्षीय शारीरिक सम्बन्ध भएको र महिलाले वयान फेरिरहेकी छिन । उनीहरूलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।
पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् ।
यो पनि पढ्नुहोस्
महिला मन्त्रालयको गाडीमा एक पुरूष र एक महिला निर्वस्त्र भेटिए, दुबै पुगे प्रहरी खोरमा
प्रकाशित मिति : July 9, 2021 at 4:16 pm





