४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

साताको अन्तिम दिन २३.९७ अंकले बढ्याे नेप्से, ४ अर्ब ८१ करोडकाे कारोबार


२४ असार, काठमाडाैँ । साताभर निरन्तर ओरालो लागेको शेयर कारोबार नेप्सेमा विहीबार भने दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से २३.९७ विन्दुले बढ्दै २८२५.१० विन्दुमा पुगेको छ । आज नेप्से सुरुवातमा केही सुधारिएपनि फेरि गिरावट आएर सकारात्मक भएको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार बन्द हुनेबेलासम्ममा बजार ०.८६ प्रतिशतले बढेको हो ।

बुधबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेर ५२९.६६ विन्दुमा पुग्यो । बुधबारको कूल कारोबार रकम ४ अर्ब ५८ करोडबाट आज ४ अर्ब ८१ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ । आज कूल २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयरको खरीद बिक्रीबाट उक्त रकमको कारोबार भएको हो ।

आज बजारमा कूल ५१ हजार ८६८ वटा कारोबार भएका छन् । आज अघिल्लो दिनको तुलनामा नेप्सेमा सकारात्मक सुधार देखिएको छ ।
कारोबार रकमका हिसाबले नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी रकमको कारोबार भएको छ । यो कम्पनीको २१ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको हो ।

त्यसपछि बढी रकमको कारोबार गर्नेहरुमा हिमालयन डिस्टिलरीले १७ करोड ४६ लाख, एनआईसी एसिया बैंकले १६ करोड ७९ लाख, नेपाल इन्फ्रास्टक्चर डेभलपमेण्ट बैंकले १३ करोड ९९ लाख, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले १२ करोड ९५ लाखको कारोबार गरेका छन् । शेयर संख्याको कारोबारको आधारमा नविल व्यालेन्स फण्डको सबैभन्दा बढी कारोबार भएको छ ।

बुधबार यो कम्पनीका ११ लाख २७ हजार ६०० शेयरहरुको खरिद विक्री भयो । त्यसपछि एनएमबी म्युचुअल फण्ड, लक्ष्मी इक्विटी फण्ड, नेपाल बैंक लिमिटेड, नविल इक्विटी फण्ड लगायतका कम्पनीका बढी संख्यामा शेयरहरुको कारोबार भयो ।

क्षेत्रगत अवस्था

बुधबार क्षेत्रगत रुपमा व्यापार र अन्य क्षेत्रबाहेक सबै समूहको शेयर मूल्य वृद्धि भएको छ । सबैभन्दा बढी फाइनान्स समूहले ३.०९ प्रतिशतले कमाएको छ भने त्यसपछि विकास बैंक समूहले २.१२ प्रतिशतले कमाएको छ । साथै जलविद्युत, लघुवित्त, लगानी समूहका कम्पनीहरुको शेयर मूल्य पनि वृद्धि भएको छ । गुमाउनेहरुमा व्यापार र अन्य गरी दुइवटै समूहले ०.५५ प्रतिशतको गुमाए ।

कमाउने कम्पनीहरु

विहीबार कमाइ गर्ने कम्पनीहरुमा सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंकले कमाएको छ । यो कम्पनीको शेयर मूल्यमा ९.४७ प्रतिशतले वृद्धि भएको छ । त्यसपछि कमाउनेमा जोशी हाइड्रो, घलेम्दी हाइड्रो, युनियन हाइड्रो, मल्टिपर्पोज फाइनान्स लगायतका कम्पनीहरु रहेका छन् ।

गुमाउने कम्पनीहरु

आजको कारोबारमा सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्पोरेट विकास बैंक रहेको छ । यो कम्पनीका शेयर मालिकले ३.६१ प्रतिशतले गुमाएका छन् । त्यसपछि गुमाउनेहरुमा गुडविल फाइनान्स डिबेञचर २०८३, सानिमा क्यापिटल फण्ड, नेपाल दूरसञ्चार लिभिटेड, सीईवीडी हाइड्रोपावर लगायत छन् ।

बुधबार शेयर बजारमा सबैभन्दा बढी सक्रिय कम्पनीका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यो कम्पनीका शेयरहरु ३ हजार ७१ पटक खरिद विक्री भए । त्यसपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना, नेशनल हाइड्रोपावर लगायतका कम्पनीहरु सक्रिय रहे । बुधबार यी कम्पनीहरुको शेयर बजारमा धेरै पटक खरिद–बिक्री भए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १७:२५