२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु, दुई जना घाइते

२४ असार, दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीसहित उनकी नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै शिशुको शव परीक्षण लागि प्रतिष्ठानमा राखिएकाे छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १४:२५