५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मिर्मिरे लघुवित्तको बोनस शेयर डिम्याट खातामा


२४ असार, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ । लघुवित्तलेआज चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयरे शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । लघुवित्तको गत चैत १८ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले ९.२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत ८ गते बुकक्लोज गरेको कम्पनिले बुकक्लोज नहुदासम्म शेयर अभौतिकीकरण (डिम्याट) गराइसकेका शेयरधनीको हितग्राही (डिम्याट) खातामा उक्त बोनस जम्मा गरिदिएकाे हो । बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने कम्पनिले जानकारी दिएको छ ।

त्यसैगरी लगानीकर्तालाई आफुसँग भएको शेयर अभौतिकीकरण गराउन लघुवित्तले अनुरोध गरेको छ । लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १३:०६