४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ?


२४ असार, काठमाडौंँ । बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य तोलामा १ सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावि सुन प्रतितोला ९१ हजार ८ सय रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 बुधबार सुन तोलामा ४ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ११:२२