४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

यूनियन लाइफ इन्स्योरेन्सकाे ६४ लाख ५० हजार कित्ता आईपीओ आजदेखी बिक्री खुला


२४ असार, काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखी बिक्री खुला गरिएको छ । कम्पनीले आजदेखि सर्बसाधारणमा प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको हो । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार १०:००