२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

देउवा र प्रचण्डको मिसन छाडेर माधव नेपाल एमाले नेतासँग सँगैबस्दा यस्तो देखियो

२४ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवादहिनता तोडिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुल मिसन छाडेर बुधबारबाट नेपाल ओलीसँगको संवादमा जुट्नुभएको छ ।

काठमाडौँको नक्सालमा रहेको  मेरियट होटलमा उहाँहरूले दुइ घण्टासम्म वार्ता गर्नुयभो । उहाँहरूको बीचमा भएको वार्ता निकै सकारात्मक भएको छ । प्रतिक्रिया दिने दोस्रो तहका नेताहरूले केही दिनमा सकारात्मक परिणाम निस्कने बताएका छन ।

प्रकाशित मिति : July 8, 2021 at 8:30 am