१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

भोलीदेखि यूनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता आईपीओ

२३ असार, काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्सले भाेलिदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : July 7, 2021 at 4:08 pm