२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

माओवादी केन्द्रविरुद्ध उजुरी दिन बादलसहितका नेता निर्वाचन आयोग जाँदै

२३ असार, काठमाडौँ । नेकपा एमालेमा रहेका पूर्वमाओवादी केन्द्रका नेताहरूले नेकपा माओवादी (केन्द्र) अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।

एमालेमा रहेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतले आयोगमा उजुरी दिने तयारी गर्नुभएको हो । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारी गरेको एक नेताले बताउनुभयाे । माओवादी केन्द्र वैधानिक छैन।  ५ वर्षमा महाधिवेशन हुनुपर्ने हो तर हुन सकेको छैन, त्यसैले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै आयोगमा जाने तयारी गरेको ति नेताले बताउनुभयाे ।

उहाहरूले माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ? भन्दै प्रश्नहरु उठाउनु भएक छ । नेताहरु निवेदन दिन १२:३० मा निर्वाचन आयोग जादै हुनुहुन्छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार ११:५५