४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँड, यसरी हेर्नुहाेस नतिजा


२३ असार, काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको छ । मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

त्यस्तै, भाग्यमानि ५ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओमा कूल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ । आईपिओको नतिजा लगानीकर्ता ४ विधिबाट हेर्न सक्नेछन् । लगानीकर्ताले जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/, सिडिएससको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएससीले आईपीओ हेर्नका लागी संचालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/ र बिक्रीप्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/shareallotment मा गएर हेर्न सक्निछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १०:५०