४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

फेरि बढ्यो पेट्रोलियम पदार्थ र ग्यासको मूल्य (विज्ञप्तिसहित)


२२ असार, काठमाडाैँ । सरकारले पेट्रेलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । नेपाल आयाल निगमले विज्ञप्ति प्रकाशन गरी इन्धनको मूल्य बढेको जानकारी दिएको छ । नगमले पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयााले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ । निगमले अझै मूल्य बढ्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार २१:०२