२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सुजिता भण्डारी हत्या प्रकरणः चितवनमा भोलि रातिसम्म कर्फ्यू (आदेशसहित)

२२ असार, चितवन । सुजिता भण्डारी हत्यापछि स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भोलि रातिसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै कर्फ्यू लगाएको जानकारी दिनुभएको छ ।

त्यसअघि राप्ती नगरपालिकामा स्थानिय र प्रहरी बीच झडप हुँदा ७ प्रहरी घाईते भएका छन् । महिला अधिकारकर्मी भनिने सावित्रि सुवेदीको नेतृत्वमा प्रर्दशनको क्रममा भएको झडपमा डिएसपीसहित ७ प्रहरी घाईते भएका हुन् ।

मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै सुवेदीको पहलमा पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको हो । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थाननजिकै मोबाइल भेटिएको हो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १९:२६