२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रधानमन्त्रीको ठाडो निर्देशनमा वायु सेवा निगममा लगाइएको ताला फोडियो

२२ असार, काठमाडाैँ । चार दिनदेखि नेपाल वायु सेवा निगममा लगाइएको ताला प्रधानमन्त्रीको निर्देशन फोडिएको छ । निगममा महाप्रवन्धक प्रकाश पौडेलसँग विविध माग राखेर कर्मचारीहरूले गत १८ गते तालाबन्दी गरेका थिए ।

स्रोतका अनुसार तालाबन्दी गर्नेहरूसँग वार्ता गर्नुअघि ताला फोड्न प्रधानमन्त्रीले निगमका अध्यक्ष एवं नागरिक उड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई निर्देशन दिनुभएको थियो । सोही निर्देशन बमोजिम पर्यटनले गृह मन्त्रालयसँग सहयोग मागेर दिउँसो ताला फुटाइदिएको हो ।

‘माग पूरा गराउन अनुचित दबाब सृजना गर्ने र कामै बन्द गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘पहिला ताला फोडेर कार्यलय सुचारु गर्नुहोस् त्यसपछि उहाँहरूले राखेका मागका विषयमा छलफल गर्नुहोस् ।’

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १९:१७