२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

प्रचण्डका घरबेटीको किसानमारा कम्पनी कालोसूचीमा, अब के हुन्छ ?

२२ असार, काठमाडाैँ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५  कम्पनीलाई कालोसूचीमा राखेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रचण्डकाे घरबेटी अधिकारीको कम्पनीलाई दुई वर्ष कालोसूचीमा राखेको हो।

कृषि सामग्री कम्पनी लिमिटेडले प्रचण्डकाे घरबेटी अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज प्रा.लिले समयमा रसायनिक मल नल्याएको भन्दै दुई वर्ष कालोसूचीमा राखेको हो। शैलुङ इन्टरप्राइजेजका मुख्य व्यक्ति भने निकेश अधिकारी हुन्। शैलुङ कन्स्ट्रक्सन र शैलुङ इन्टरप्राइजेज दुबै प्रचण्डकाे घरबेटीका हुन्।

त्यसैगरी, प्रहरी प्रधान कार्यालयको सिफारसमा पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्सलाई दुई वर्ष कालोसूचीमा राखिएको छ। डिएमएस बुट इन्डस्ट्रिज प्रा लि,  हिमालयन कन्स्ट्रक्सन, निर्माण सेवा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, लगायतलाई पनि कालोसूचीमा राखिएका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा डिएमएसलाई दुई वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ। यी हुन कालोसूचीमा रहेका कम्पनी ।

प्रकाशित मिति : July 6, 2021 at 5:55 pm