४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जीवन विकास लघुवित्तकाे आइपीओ बुधबार बाँडफाँड हुने


२२ असार, काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओ बुधबार बाँडफाँड हुने भएकाे छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो । सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सबै काम सकिएपछि लघुवित्तको भोलि आईपीओ  बाँडफाँट गर्ने लागेकाे हो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा १६.९१ गुणा बढी हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिनेछ । १० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले मात्रै पाउनेछन् । आवेदन दिएकाहरुमध्ये २० लाख जनाको हात खाली हुने देखिएको छ । त्यसैले लघुवित्तको आईपीओ पाउन भाग्यमानै भर पर्नुपर्ने देखिएको छ । आवेदन दिएकाहरुको भेरिफाइ गर्न बाँकि रहेकाले २१ लख ८७ हजार ८८७ जनामध्ये केही संख्या घटबढ हुनसक्छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १७:४८