२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सप्तरी अब पछाडी परेको जिल्लाका रुपमा रहँदैनः प्रधानमन्त्री ओली

२२ असार, काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले थुपै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडी परेको जिल्लाका रुपमा नरहने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना बन्न जाने बताउनुभयो । प्रतिष्ठानको स्थापना सँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तिव्र हुने धारणा पनि प्रधानमन्त्रीको थियो ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पुर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने भनाई प्रधानमन्त्रीको थियो । प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आआफ्ना हुने भए पनि एक अर्का प्रति सहिष्णुहुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताउनुभयो । सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोसी मारिन डाइभर्सनले सिंचाइको सुविधा पुर्याउने पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह गर्नुभयो । हामी विचमा रहेका विविधता सम्पत्ती भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उहाँले आग्रह गर्नुभयो । सबै थरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तब्य भएको बताउँदै उहाँले भन्नुभयो, “अब देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु“ ।

सप्तरीको राजविराजमा बन्न लागेको प्रतिष्ठानबाट सप्तरी सहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : July 6, 2021 at 3:30 pm