एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड
२२ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएकाे छ। मंगलबार अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएकाे स्रोतले जानकारी दिएकाे छ । अहिले अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता जारी छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवकाे निधनमा श्रद्धाञ्जली दिन धनुषा जानुभएकाे प्रचण्ड जनकपुरबाट फर्किए लगत्तै नेता नेपाललाई भेट्न उहाकाे निवास पुग्नुभएकाे हाे । नेकपा एमालेमा दुई समूहको विवाद समाधानका लागि सकारात्मक दिशामा अघि बढेका बेला प्रचण्ड-नेपालको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
प्रकाशित मिति : July 6, 2021 at 2:59 pm





