१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अन टेस्ट ट्याक्टर खेतमा पल्टिदाँ चालकको च्यापिएर मृत्यु

२२ असार, चितवन । चितवनमा एउटा अन टेस्ट ट्याक्टर खेतमा पल्टिदाँ चालकको च्यापिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो भरतपुर महागनरपालिका वडा नम्बर २६ खत्राैलीस्थित रमेश सुवेदीको खेत जोत्नेक्रममा ट्याक्टर पल्टिएको हो ।

ट्याक्टर पल्टिदाँ भरतपुर नगरपालिका वडा नम्बर २५ का ४६ वर्षीय टीकाराम न्याैपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्यक्टरले च्यापिएका उनको डोजरको सहायतामा उद्धार गर्दा नै मृत भेटिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०८:१९