४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ७३ गुणा बढी पर्यो आवेदन


२१ असार, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा अन्तिम दिन आज साढे २० लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार साँझ ५ः३० बजेसम्मको तथ्याङ्क अनुसार २० लाख ३६ हजार २४५ जनाले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ७३.१० गुणा धेरै आवेदन परेको हो । यो तथ्याङ्क थपघट हुनसक्छ ।

संस्थाले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँधी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको हो ।

संस्थाको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।  लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १८:०२