२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

प्रधानमन्त्री ओली, देउवासहित नेपालका शीर्ष नेतासँग भोलि चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक हुने

२१ असार, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा भोलि नेपालका राजनीतिक दलका नेतासँग भर्चुअल छलफल गर्ने भएका छन् ।

मंगलबार अपरान्ह हुने छलफलमा चिनियाँ राष्ट्रपति सी जिङपिङ सहभागि हुँदैछन्। भर्चुअल प्रविधिबाट हुने छलफलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुने प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिनुभयाे । उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागि हुँदै हुनुहुन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : July 5, 2021 at 12:18 pm