३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

काठमाडाैँ उपत्यकामा एक साता थपियाे निषेधाज्ञा, सबैखाले सवारी साधन चलाउन पाइने

२० असार, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा निषेधाज्ञा एक साता लम्बिएकाे छ । आइतबार बसेकाे काठमाडाैँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठकले साे निर्णय गरेकाे हाे ।

बैठकले काठमाडाैँ उपत्यकाभित्र  मापदण्ड पुरा गरि सवारी साधनहरू सञ्चालन गर्न दिने निर्णय गरेकाे छ । बैठकले असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाउने निर्णय समेत गरेकाे छ ।

अब अनुमति लिएर काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।

माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।

होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । सभा, सम्मेलन, हल जिम, सैलुन, डान्सबारलगायत क्षेत्र भने अझै बन्द नै हुनेछन् ।

प्रकाशित मिति : July 4, 2021 at 5:45 pm