२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

प्रधानन्यायाधीशको प्रश्न : देउवालाई नियुक्तिको परमादेश दिँदा दलीय व्यवस्था क्षतविक्षत हुँदैन ?

२० असार, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिँदा दलीय व्यवस्था क्षत विक्षत हुँदैन र भनी प्रश्न उठाउनुभएकाे छ ।

प्रधानन्यायाधीश जबराले संविधानले नेपालको शासन प्रणाली बहुलवादमा आधारित बहुदलीय व्यवस्था मानेको भन्दै रिट निवेदकको माग अनुसार आदेश दिँदा दलीय व्यवस्था क्षतविक्षत हुँदैन ? र भनेर प्रश्न गर्नुभएकाे हाे ।

उहाँले सभामुख तर्फको बहस सकिएपछि निवेदक पक्षबाट जवाफ दिन लाग्नुभएका बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठलाई जवाफी बहस गर्नुअघि प्रश्न गर्नुभयाे, ‘अहिले जुन निवेदकको दाबी छ, यो होलसोल फिगरलाई हेर्दा बहुलवादमा आधारित बहुदलीय व्यवस्था भनेर सविधानको आधार स्तम्भ छ । तपाईंको निवेदनलाई मान्यता दियो भने दलहरुलाई क्षतविक्षत बनाएर संविधानलाई अझ विकृत बनाउनु जस्तो हुँदैन र ?’

प्रकाशित मिति : July 4, 2021 at 4:28 pm