१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अष्ट्रेलियाको क्यानवेरामा नेपाली युवाद्धारा सामूहिक रक्तदान

२० असार, क्यानवेरा । अस्ट्रेलियाको राजधानी क्यानवेरामा सक्रिय दुई नेपाली क्रिकेट कल्ब बुद्ध नेपलिज र ब्रदर्श यूनाईटेडको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज बल्ड डोनर एसोसिएशन अस्ट्रेलियाको पहलमा क्यानवेराको ज्ञारेनमा अवस्थित लाईफ़ ब्लड डोनर सेन्टरमा भएको रक्तदान कार्यक्रममा दुई कल्बका १६ खेलाडीले रक्तदान गरेको एसोसिएशनका सदस्य ललित मल्लले जानकारी दिए ।

रक्तदानमा सहभागी खेलाडी एवंम स्वयंसेवक शुरेश सुबेदी, विशाल वस्नेतले कोभिड कहरका विच रक्तदान गर्न पाएकोमा खुसी ब्यक्त गरे । खेलाडीहरले आगामी दिनमा पनि रक्तदान जस्तो मानव जिवनसँग जोडीएको पवित्रकार्यलाई जारी राख्ने बताएका छन ।

कोभिडका कारण रगतको अभाव देखिएपछि आस्ट्रेलियन रेडक्रसले रक्तदान गर्न आह्वान गरिरहेको बेला नेपाली समुदायमा सक्रिय विभिन्न संघसंस्था तथा व्यक्तिले रक्तदान जारी राखेका छन । यस अघि चितवन समाज अस्ट्रेलियाले पनि सिडिनीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार १४:२१