२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

प्रधानन्यायाधीशको प्रश्नः १४६ सांसद आएको अदालतले प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ ?

२० असार, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाका १४६ सांसद सर्वोच्च अदालतमा आएको प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ भनी सभामुख अग्नि सापकोटाका वकिलसँग प्रश्न गर्नुभएकाे छ ।

आइतवार संवैधानिक इजलासमा सभामुख सापकोटाका तर्फबाट बहस गर्नुभएका अधिवक्ता मेघराज पोखरेललाई प्रधानन्यायाधीश जबराले बहुमत सांसद अदालत आएको भनेर प्रमाणीकरण गर्दा राम्रो हुन्छ भनेर प्रश्न गर्नुभएकाे हाे ।

जवाफमा अधिवक्ता पोखरेलले सर्वोच्चले संविधानको धारा ७६ (५)को आधार देखाइदिएर व्याख्या गर्दा पुग्ने बताउनुभयाे । प्रधानन्यायाधीश जबराले ‘धारा ७६ (५) अनुसार सरकार बन्न सकेन भनेर ७६ (७) मा पुगिसक्यो नि !’ भन्दै प्रश्न गर्नुभयाे । जवाफमा पोखरेलले धारा ७६ (५) को व्याख्या गर्दा विकल्प फेला पर्ने दाबी गर्नुभयाे ।

त्यसपछि न्यायाधीश आनन्दमोहन भट्टराईले ‘सरकार पक्षबाट धारा ७६ (५) मा उपधारा २ आकर्षित हुन्छ भनेर कुरा आइरहेको छ नि ! भने र गरेकाे प्रश्नमा’ फेरि जबराले प्रश्न गर्दै भन्नुभयाे, ‘उपधारा २ बमोजिमको सदस्य भनेको के हो ? ७६ (५) का २ किन जोडियो ?’ भट्टराईले धारा ७६ (५) सांसदहरू स्वतन्त्र हुने धारा हो भन्दै जवाफ दिनुभयाे ।

सभामुखका तर्फबाट बहस सकिएपछि आजै रिट निवेदकका तर्फबाट जवाफी शुरू गर्ने तयारी छ । जवाफी बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमन श्रेष्ठले ३ घण्टा बहस गर्ने तयारी रहेकाे छ ।

प्रकाशित मिति : July 4, 2021 at 1:33 pm