२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

समाजसेवी ईश्वरगोपाल प्रधानको निधन

२० असार, तनहुँ । बन्दीपुरका समाजसेवी ईश्वरगोपाल प्रधानको ८१ वर्षका उमेरमा आज निधन भएको छ । उहाँ मधुमेह, रक्तचाप र दमलगायतका रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँ तत्कालीन बन्दीपुर गाउँपञ्चायतको दुई कार्यकाल प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा, तीन बुहारी, दुई छोरी हुनुहुन्छ बन्दपुरको सामाजिक तथा शैक्षिक उन्ननयमा उहाँको योगदान महत्वपूर्ण रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

प्रकाशित मिति : July 4, 2021 at 12:44 pm