१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

चितवनको फिस्लिङमा ३० मिटर सडक त्रिशुलीमा भासियो

२० असार, चितवन । चितवनको फिस्लिङमा राजमार्गको ३० मिटर सडक त्रिशुली नदीतर्फ भासिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले बिहान ११ बजेको समयमा सडको १६ मिटर चाैडाइ र ३० मिटर लाम्बाइको सडक त्रिशुली नदीतर्फ भासिएको छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ स्थित पृथ्वी राजमार्गको सडक आफै भाँसिएको छ । इन्जिनियर अध्ययन नगरी बाटो मर्मत समेत सम्भवन नभएकाले अत्यावश्यक कामका मानिसले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार १२:२४