२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नेकपा (एमाले) नुवाकोटका नेता उदय बहादुर सुवेदीको निधन

-प्रशान्तजंग पाण्डे 

१८ असार, नुवाकोट । नेकपा एमालेका नेता एवं तत्कालीन कुमरी गाविसका उपाध्यक्ष उदयबहादुर सुवेदीको निधन भएको छ । उहाँको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीले जानकारी दिनुभयो ।

सुवेदीको शुक्रबारनै हिन्दू संस्कार अुनसार कोल्पुखोला किनारमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरिरमा पार्टीका नेताहले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सुवेदीको निधनमा शोक प्रकट गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले पनि दुःख प्रकट गर्नुभएको छ । उहाँले परिवारजनामा समवेदना प्रकट गर्नुभएको छ ।

सुवेदीको निधनले नेकपा एमालेले एक कर्मठ नेता गुमाएको भन्दै एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले दुःख प्रकट गर्नुभएको छ । उहाँले माओवादी सशस्त्र युद्धको समयमा समेत एमालेको संगठन गरेर कुमरी जस्तो ठाउँमा २०५४ सालको स्थानीय निर्वाचनमा गाविस उपाध्यक्ष हुनुभएको भन्दै उहाँले पार्टीले सुवेदीको अभाव महशुष गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार २२:०२