२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेबाट राजीनामा नदिइ देउवाका पक्षमा हस्ताक्षर गर्नु अनैतिकः बामदेव गाैतम

१८ असार, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गाैतमले एमालेबाट राजिनामा नदिइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा लाग्नु गलत रहेको बताउनुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकमा सम्बाेधन गर्दै शुक्रबार उहाँले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको बताउनुभयो । उहाँले भन्नुभयो  ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १४:४१