२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मुख्यमन्त्री पोखरेलमाथि संकट, राज्यमन्त्री रायमाझीले दिइन राजिनामा

१८ असार, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएको सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री समक्ष राजिनामा पेश गर्नुभएको छ ।  सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उहाँले बताउनुभएको छ ।  प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए । रायमाझीको राजिनामासँगै मुख्यमन्त्री शंकर पोखरेललाई संसदमा बुहमत कायम राख्न थप कठिन हुने भएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १४:३५