३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

काठमाडौँमा असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने, कहाँ छन् खोप केन्द्र? (सूचीसहित)

१७ असार, काठमाडौँ । काठमाडौँमा असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइने भएकाे छ । जेठ २५ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई असार २२ गतेदेखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाइने छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना जारी गर्दै काठमाडौँ महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप लगाइने जानकारी दिएकाे छ ।

काठमाडौँ महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने छ। खाेप लगाउने व्यक्तिहरूले असार २२ गतेदेखि २४ गतेसम्म बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म पहिलाे डाेज खाेप लगाएको कार्ड लिएर आफूलाई पायक पर्ने खाेप केन्द्रमा जानुपर्नेछ।

प्रकाशित मिति : July 1, 2021 at 4:04 pm