२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

ह्वासिन सिमेन्ट उद्योगको निर्माणाधीन संरचना बाढीले बगायो

१७ असार, धादिङ । नेपालकै ठूलो निर्माणाधीन सिमेन्ट उद्योग बेनीघाट रोराङ गाउँपालिका–२ महादेवस्थानस्थित ह्वासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पु¥याएको छ । कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी उद्योगमा पसेको हो । उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शी अप्सरा मैनानीले बताउनुभयो ।

सो स्थानमा रहेको सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अरु दुई होटलमा पनि बाढी पसेको छ । सिमेन्ट उद्योगको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन बाँकी छ । अघिल्लो वर्षको बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १५:०४