२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राजमार्गका धेरै स्थानमा पहिरो गएकाले सावधानिपूर्वक यात्रा गर्न मन्त्री पाण्डेको अनुरोध

१७ असार, काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले गएरातिदेखिको अविरल वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो गएकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले वर्षाका कारण धादिङको गजुरी, मौवा खोला, चितवनको कुरिन्टारदेखि भरतपुर खण्ड र खैरहनीमा बाटो अबरूद्ध भएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘गए राती र अहिले बिहानको अबिरल वर्षाका कारण धादींग को गजुरि र मौवा खोला, चितवनको कुरिन्टार र देखि भरतपुर खण्ड र खैरनी मा बाटो अबरुद्ध रहेको खबर छ, सबधानिपुर्वक यात्रा गरौं।’

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार ०९:४८