२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रचण्डलाई सर्वोच्चको अर्को झड्का, वडा अध्यक्ष नहटाउन अन्तरिम आदेश (पूर्णपाठ)

१६ असार, काठमाडौँ । निर्वाचित जनप्रतिनिधिमाथि कारबाहीको डण्डा चलाउनुभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि सर्वोच्च अदालतले अर्को झड्का दिएको छ । प्रचण्डले निर्वाचित वडा अध्यक्ष पदमुक्त गरेपछि सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले बुधबार ओखलढुङ्गा, चम्पादेवी गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेशकुमार थापालाई माओवादी केन्द्रको कारबाहीबाट अध्यक्ष पद हटाउने गरि भएको निर्वाचन आयोगको सूचना कार्यान्वयन नगर्न न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १८:५८