१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

समृद्धिमा अर्को फड्को, तामाकोसीको अन्तिम परीक्षण सफल, अब बिजुली उत्पादन (फोटोफिचर)

१६ असार, काठमाडाैँ । स्वदेशी लगानीमा निर्माणधीण सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै यही असार २१ गते सोमबारदेखि बिजुली उत्पादन हुने भएको छ।

४५६ मेगावाट विजुली उत्पादन गर्ने यो आयोजनाबाट पहिलो चरणमा पहिलो युनिटबाट ७६ मेगावट उत्पादन गरिनेछ। उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि खिम्ति सवस्टेशनमा तार तान्‍ने काम पनि भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत गोंगर (खिम्ती) ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरेको छ । यस आयोजनामा ७६ मेगावाटका छ वटा युनिट रहेको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले गत आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरेको थियो। त्यसपछि पहिलो युनिटबाट सोमबारबाटदेखि विद्युत उत्पादनको तालिका तय गरिएको हो। तस्बीरहरूः प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाको फेसबुक वालबाट ।

प्रकाशित मिति : June 30, 2021 at 10:03 am