२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागु

१५ असार, काठमाडाैँ । आजदेखि काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन हुन थालेको हो ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै सार्वजनि सवारी साधन चलाउन दिइएको हो । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सार्वजनिक सवारी साधन चलेसँगै बजारमा चहल–पहल र भीडभाड बढेको छ भने अत्यावश्यक काममा लागि यात्रुहरुलाई सहजता समेत भएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १३:२८