२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मंगलबारदेखि सबै पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने

१४ असार, काडमाडाैँ ।  मंगलबारदेखि काठमाडौँ उपत्यकामा सबै प्रकारका पसलहरू खोल्न दिने निर्णय भएकाे छ । सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौँ उपत्यकामा पसलहरूलाई लगाइएको बार प्रणाली हटाउने निर्णय गरेकाे हाे ।

यसअघि बार तोकिएका पसल व्यवसाय प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउने निर्णय भएकाे जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला जानकारी दिनुभयाे । त्यस्तै, बैठकले काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको छ। काठमाडौँ उपत्यका प्रवेश गर्नेहरूलाई पास अनिवार्य भएको निरौलाले जानकारी दिनुभयाे ।

त्यस्तै, काठमाडौँ उपत्यकाभित्र २५ सिट बढी क्षमताका सार्वजनिक सवारीसाधन चलाउन दिने निर्णय भएकाे छ। ती सवारीसाधनहरू जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो। विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुनेगरी आफ्नो घर वा बसेको स्थानमा गर्न सकिने र सो प्रयोजनका लागि २ वटा सवारी साधन सञ्चालन गर्न दिइनेछ । सभा, सम्मेलन र गोष्ठीहरु भने खुल्ला गरिएको छैन । यो आदेश असार २१ गतेसम्मका लागि लागु हुने छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १३:०६