२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

भोलिदेखि उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने

१४ असार, काठमाडौँ । काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ ।  काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् ।  २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ,” प्रजिअ निरौलाले भन्नुभयाे “सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।”

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १२:१४