२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

संघीय बजेट र कार्यान्वयनका विषयमा मदन भण्डारी बौद्धिक मञ्चको अन्तरक्रिया

१४ असार, काठमाडाैँ । संघीय बजेट र कार्यान्वयनका विषयमा मदन भण्डारी बौद्धिक मञ्चको अन्तरक्रिया गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पाैडेलको उपिस्थिमा मञ्चले भर्चुवल रूपमा अन्तरक्रिया गरेको सचिव पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाल रत्न जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीको सन्दर्भ पारेर आर्थिक वर्ष ०७८/०७९ को संघीय बजेट र कार्यान्वयनका बारेमा विज्ञका विषयमा छलफल भएको सचिव ढकालले जानकारी दिनुभयो । कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सचिव पेम्बा लामाले बजेट अत्यन्तै लोकप्रिय रुपमा आएको र मंचले बजेटले लिन खोजेको बाटो र “समृद्ध नेपाल र सुखी नेपाली” का अधिकारमा पुऱ्याउने महत्वपूर्ण भूमिकाका लागि आयोजित यस प्रकारका कार्यक्रमले जनतामा सूसूचित हुने र कार्यान्वयन पक्षलाई समेत थप उत्प्रेरित र सकारात्मक दृष्ट्रिकोणका साथ कार्य गर्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रियामा डा.प्रेम प्रसाद दंगाल, डा.गोविन्द प्रसाद नेपाल, डा. उषा झा र डा.प्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रले बजेटमा उल्लेखित प्रमुख क्षेत्रहरु क्रमशः कृषि, पूर्वाधार विकाश, शिक्षा र समग्र बजेटको व्यवस्था, यस्ले पार्ने दीर्घकालिन प्रभाव एंव “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिन खेल्ने प्रमुख भूमिकाको विषयमा प्रस्तुत गरिएको थियो ।

विषयगत क्षेत्र तोकिएर प्रस्तुत गरिएका कार्यपत्रहरुले बजेटमा उल्लेखित विषयमा के के उपलब्धी हुन सक्छन र भविष्यमा यस्ले के कस्तो प्रभाव र असर पार्छ भन्ने विषयमा गहिरो विश्लेषण गरी प्रस्तुत गरिएको थियो । बजेट कार्यान्वयनलाई मूर्त रुप दिन सकिएमा राष्ट्र विकाशको मूल आधार निर्माण हुने अपेक्षा सम्पूर्ण सहभागीहरुको तर्फबाट प्रस्तुत गरिएको थियो । कार्यपत्र माथि प्रा. उमेश प्रसाद उपाध्याय, पूर्व सचिव महेन्द्र बहादुर गुरुङ,  प्रा.डा.शिव प्रसाद अधिकारी र राम बहादुर केसीले टिप्पणी गर्नुभएको थियो ।

कार्यपत्रमा विद्वानहरुबाट गरिएको प्रस्तुतीकरणलाई छुट्टै पुस्तकाकारको रुपमा प्रकाशन गरिने सचिव ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १२:०७