२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सरकारी पक्षको बहस (बहस नोटसहित)

१४ असार, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्दैछन । रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस अाइतबार सकिएपछि आजदेखि सरकारी अर्थात रिटको विपक्षी तर्फको बहस सुरु हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा बहस हुनेछ । पूर्व महान्यायाधिवक्ता द्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै हुनुहुन्छ । बहसको लागि सरकारी पक्षलाई १५ घण्टा समय दिइएको छ ।

यस्तो छ सरकारी पक्षको बहसनोट

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १०:००