२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले नेता युवराज कार्कीलाई राजदूत नबनाउन सर्वोच्च अदालतको आदेश

१३ असार, काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री युवराज कार्की राजदूत बन्न नपाउने हुनुभएको छ । सर्वोच्च अदालतले आइतबार एक आदेश मार्फत कार्कीलाई  राजदूत नबनाउन आदेश दिएको हो ।

पूर्वमन्त्री भएको व्यक्तिलाई राजदूत बनाउँदा स्नातकको योग्यता नचाहिने भन्ने अध्यादेश कार्यान्वयनमा रोक लगाएको अदालतले आइतबार स्नातक उतीर्ण नहनुभएको कार्कीलाइ राजदूत नियुक्त नगर्न भनेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले आइतवार कार्कीलाई राजदूत बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । २०७८ वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनका लागि आवासीय राजदूत बनाउन सिफारिश गरेको थियो ।

 

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १८:३८