१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

६० हजार घुस लिने प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

https://www.muktinathbank.com.np/online/loan-application

१३ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुस लिने प्रहरी जवानविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियारले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडाैँमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो । हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको बताइएको छ ।

प्रकाशित मिति : June 27, 2021 at 2:10 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/