२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

टरिगाउँ विमानस्थलमा आइपुग्यो तेल भण्डारण ट्याङ्की

१२ असार, दाङ । यहाँस्थित टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आइपुगेको छ । एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आज आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक छ ।

विमान स्थलमा इन्धन डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या रहेको छ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा लामोसमयदेखि अबरुद्ध भएको हवाई सेवा सञ्चालन आएको छ ।

साथै विमान स्थलमा यात्रुको सुविधाकालागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरु निर्माण सम्पन्न पनि भएका छन् । सो विमान स्थलबाट हाल नेपाल बायुसेवा निगमल दैनिक दुई उडान भर्दै आएको छ ।

हाल कोरोना भाइसर रोकथाम तथा नियन्त्रणकलागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ । सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार १९:४९