२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कांग्रेसका दुई नेतासहित दर्जन युवाहरू एमाले प्रवेश, महेश बस्नेतले गरे स्वागत

१२ असार। काठमाडाैँ । नेपाली कांग्रेसका दुई नेतासहित दर्जनबढी युवाहरू नेकपा (एमाले) प्रवेश गरेका छन । ती युवाहरूलाई नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले स्वागत गर्नुभयो ।

राष्ट्रिय युवा संघको कार्यालयमा भएको कार्यक्रममा संघका अध्यक्ष किरण पाैडेल लगायतको उपस्थितिमा नेता बस्नेतले सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका स्थायी घर भएका तरूण दलका नेताद्धय राजु चौलागांई र इश्वर थापा मगर लगायत अन्य दर्जन युवालाई एमाले प्रवेश गराउनुभयो । चाैलाइ र थापा सिन्धुली कांग्रेसमा प्रभावशाली मानिनुहुन्छ ।

उहाँले युवाहरूलाई जिम्मेवारी दिएर अघि बढाइने बताउनुभयो । अन्य पार्टीमा युवाहरूको वितृष्णा रहेको भए पनि एमालेमा त्यस्तो हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार १९:३२